लितानिवासको जग्गा प्रकरण: गच्छदारसहित मन्त्री र व्यापारिक घरानाको सम्पत्ति खोज्दै विभाग
काठमाडाैँ । बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा संलग्न उच्च राजनीतिक व्यक्ति र व्यापारिक घरानामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ।
विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा बुधबार मुद्दा दायर भएका कर्मचारीबाहेक मन्त्री तथा व्यापारिक घरानामाथि अनुसन्धान थालेको हो। अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ लगायतका १ सय ७५ जनाविरुद्ध बुधबार मुद्दा हालेको छ।
अनुसन्धान अधिकृत तोकेर मन्त्री तथा व्यापारिक घरानाको अनुसन्धान थालेको सम्पत्ति शुद्धिकरकण विभागका महानिर्देशक रुपनारायण भट्टराईले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। उनका अनुसार अख्तियारका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातको सम्पत्ति शुद्धिकरणको छानविन भइरहेको छ।
‘हामीले अनुसन्धान अधिकृतले तोकेर पूर्वमन्त्री तथा व्यापारिक घारानाको अनुसन्धान थालेका छौं। उनीहरुले अवैध आर्जन गरेको सम्पत्ति कहाँबाट कसरी ल्याएका हुन, त्यसको खोजी गर्छौ’ भट्टराईले भने। महानिर्देशक भट्टराईले कर्मचारीको अबैध सम्पत्तिको अनुसन्धान गर्ने जिम्मेवारी भने विभागको क्षेत्राधिकार नपर्ने बताए।
अनुसन्धानको विषय भएकाले यहाँ भन्दा बढी आफूले जानकारी दिन नसक्ने उनले बताए। विभाग स्रोतका अनुसार विभागले गच्छदार, जोशी, श्रेष्ठका साथै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया रामकुमार सुवेदी, शोभाकान्त ढकाल, राणा परिवारलगायतको सम्पत्ति छानविन थालेको हो।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...