ताजा समाचार

ललिता निवास जग्गा प्रकरणमा गच्छदारलाई नियोजित रुपमा फसाइयो, पार्टीले प्रतिवाद गर्छः कांग्रेस

काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध मुद्दा दायर गरेर नियोजित रूपमा फसाइएको कांग्रेसले जनाएको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा त्यस विषयमा कानुन व्यवसायीसँग छलफल भएकाे थियाे ।

छलफलमा सहभागी सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘उपसभापति जीको बारेमा नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट मुद्दा भएकाे छ, त्यसको पार्टीले प्रतिवाद गर्छ । यो बेठीक हो । गलत हो । यो नियोजित हो । पार्टीको यो नै ठहर छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org