आईसीसी विश्वकप लिग–२ः अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा अमेरिकाका कप्तान सौरब नेत्रभालकरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा कुशल मल्लले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गर्ने भएका छन् । उनले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत डेब्यु गरेका हुन् । कुशललाई नेपाली राष्ट्रिय टोलीका साहायक प्रशिक्षक जगत टमाटाले डेब्यु क्याट दिएका हुन् ।
त्यस्तै नेपाली टोलीका सुवास खकुरेलले कमब्याक गर्ने भएका छन् । त्यस्तै रोहित कुमार पौडेलको स्थानमा कुशल मल्लले खेल्ने भएका हुन् ।
आजको खेलमा अमेरिकालाई हराउँदै नेपाल अंक तालिकामा दुई अंक जोड्दै आफूलाई बलियो बनाउँने योजनामा छ । पहिलो खेलमा ओमानसँग १८ रनले पारजित भएको नेपाललाई विश्वकपको आशा जोगाई राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।
हाल सम्मको नतिजा हेर्ने हो भने नेपाल अमेरिका सामू बलियो बन्दै आएको छ । हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।
आजको खेलमा नेपाली टोलीका विकेट किपर तथा ओपनर ब्याट्म्यान सुवास खकुरेलले नेपाली टोलीमा झण्डै १४ महिना पछि कम ब्याक गर्दैछन् । सुवास अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । उनी अमेरिकाविरुद्ध शतक प्रहार गर्ने एक्लो नेपाली खेलाडी पनि हुन् ।
उनले सन् २०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपालले अमेरिकालाई पराजित गर्दा सुवासले शतक प्रहार गरेका थिए । सुवासले अमेरिकाविरुद्ध ५ खेलमा २३५ रन बनाएका छन् ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...