ताजा समाचार

पूर्वप्रधानमन्त्री भट्टराई र नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

काठमाडाैँ । पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विषयमा मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा प्रधानमन्त्रीहरू अध्यक्षहरूको भूमिका हुने भन्दै बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन्।

यसअघि १७५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै पूर्वप्रधानमन्त्रीले नीतिगत निर्णय गरेको भन्दै मुद्दा चलाएको थिएन। अख्तियारले ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तीन पूर्वमन्त्री र तीन पूर्वसचिवलाई मुद्दा चलाएको तर, मन्त्रिपरिषद्को‍ अध्यक्षता गर्नेहरूलाई छुट दिएको भन्दै आलोचना हुँदै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org