केजरीवालले लिए तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ
काठमाडाैँ । अरविन्द केजरीवालले आइतवार तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्।
निम्ता पाएर पनि केजरीवालको शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएनन्। केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले पनि मन्त्री पदको सपथ लिएका छन्। कांग्रेसकी शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिने केजरीवाल दोस्रो नेता हुन्। आम आदमी पार्टीले दिल्लीको विकासमा योगदान दिने ५० जनालाई समारोहमा विशेष अतिथिका रुपमा बोलाएको थियो।
केजरीवालले शपथका क्रममा दिल्लीलाई अघि बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद चाहिने बताएका छन्। आम आदमी पार्टीले शपथ समारोहमा प्रधानमन्त्री नरेद्र मोदीबाहेक अन्य कुनै नेतालाई डाकेको थिएन। तर निम्ता पाएर पनि मोदी शपथ समारोहमा सहभागी भएनन्। शनिवार अबेर साँझ केजरीवालले मन्त्री पदको शपथ लिन लागेका ६ जना ले विधायकसँग डिनर गरेका थिए। यसक्रममा सिसोदिया, जैन, राय, गहलोत, हुसैन र गौतम सहभागी थिए। शपथका क्रममा उनले दिल्लीका जनताले एक पटक फेरि जितेको बताए।
‘आज तपाईंहरुको छोराले तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिएको छ। यो मेरो होइन, तपाईंहरुको जित हो। हरेक दिल्लीबासीको जित हो। हरेक आमा-बहिनीको जित हो। पछिल्ला ५ वर्षमा हामीले दिल्लीबासी हरेक परिवारलाई खुसी बनाउने कोशिश गर्यौँ। अब दिल्लीले तीव्र गतिमा विकासको पथ पक्रिनेछ। मेरो शासनकालमा भाजपा र कांग्रेसलाई भोट दिने कसैलाई पनि सौतेनी व्यवहार गर्नेछैन।’
दिल्ली विधानसभा चुनावका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो। ११ फेब्रुअरीमा आएको अन्तिम नतिजामा आम आदमी पार्टीले ७० मा ६२ सिट जित्दै दुईतिहाइ ल्याएको थियो। अर्कातिर भाजपालाई ८ सिट जितेको छ। पछिल्लो चुनावको अनुपातमा भाजपालाई ५ सिट फाइदा भएको छ। तर कांग्रेसले दिल्लीमा यो पटक सन् २०१५ मा जस्तै एक सिट पनि जित्न सकेन।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...