ताजा समाचार

केजरीवालले लिए तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ

काठमाडाैँ । अरविन्द केजरीवालले आइतवार तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्।

निम्ता पाएर पनि केजरीवालको शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएनन्।  केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले पनि मन्त्री पदको सपथ लिएका छन्। कांग्रेसकी शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिने केजरीवाल दोस्रो नेता हुन्। आम आदमी पार्टीले दिल्लीको विकासमा योगदान दिने ५० जनालाई समारोहमा विशेष अतिथिका रुपमा बोलाएको थियो।

केजरीवालले शपथका क्रममा दिल्लीलाई अघि बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद चाहिने बताएका छन्। आम आदमी पार्टीले शपथ समारोहमा प्रधानमन्त्री नरेद्र मोदीबाहेक अन्य कुनै नेतालाई डाकेको थिएन। तर निम्ता पाएर पनि मोदी शपथ समारोहमा सहभागी भएनन्। शनिवार अबेर साँझ केजरीवालले मन्त्री पदको शपथ लिन लागेका ६ जना ले विधायकसँग डिनर गरेका थिए। यसक्रममा सिसोदिया, जैन, राय, गहलोत, हुसैन र गौतम सहभागी थिए। शपथका क्रममा उनले दिल्लीका जनताले एक पटक फेरि जितेको बताए।

‘आज तपाईंहरुको छोराले तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिएको छ। यो मेरो होइन, तपाईंहरुको जित हो। हरेक दिल्लीबासीको जित हो। हरेक आमा-बहिनीको जित हो। पछिल्ला ५ वर्षमा हामीले दिल्लीबासी हरेक परिवारलाई खुसी बनाउने कोशिश गर्‍यौँ। अब दिल्लीले तीव्र गतिमा विकासको पथ पक्रिनेछ। मेरो शासनकालमा भाजपा र कांग्रेसलाई भोट दिने कसैलाई पनि सौतेनी व्यवहार गर्नेछैन।’

दिल्ली विधानसभा चुनावका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो। ११ फेब्रुअरीमा आएको अन्तिम नतिजामा आम आदमी पार्टीले ७० मा ६२ सिट जित्दै दुईतिहाइ ल्याएको थियो। अर्कातिर भाजपालाई ८ सिट जितेको छ। पछिल्लो चुनावको अनुपातमा भाजपालाई ५ सिट फाइदा भएको छ। तर कांग्रेसले दिल्लीमा यो पटक सन् २०१५ मा जस्तै एक सिट पनि जित्न सकेन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org