ताजा समाचार

वुहानबाट नेपाली उद्दार गर्न प्रयोग गरिएको वाइडबडी २ दिन नउड्ने

काठमाडौं । आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ ।

त्रिभुवन विमानस्थलमा विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । र, ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति दिइनेछ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का विश्व स्वास्थ्य संगठको मापदण्डअनुरुप नै विमानलाई ४८ घण्टा निलम्बनमा राखिएको बताउँछिन् । उनअनुसार यो अवधिमा विमानलाई मेडिकल्ली गर्नुपर्ने ट्रिटमेन्टका कामहरु गरिनेछ ।

खड्काकाअनुसार एउटा वाइडबडीको नियमित उडान रोकिए पनि कुनै पनि पनि फ्लाइट रद्द नगरिएको खड्काले बताइन् । ‘निर्धारित समयभन्दा ढिला हुने गरी फ्लाइट सारेका छौं,’ उनले भनिन् ।

नेपाल एयरलाइन्सको वाइडबडीले मुख्य रुपमा भारतको दिल्ली, कतारको दोहा, जापान र दुबईमा उडान भरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org