ताजा समाचार

नेकपा सचिवालय बैठक : एमसिसी, बाँस्कोटाको कमिसन प्रकरणबारे छलफल

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सचिवालय बैठक बसिरहेका छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको हो। केही समयअघिबाट सचिवालयको बैठक सुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले  जानकारी दिए।

बैठकको मुख्य एजेण्डा अमेरिकी परियोजना एमसिसी, सचिवालयको बैठकमा निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरण, पार्टी एकता बाँकी प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल भइरहेको छ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले एमसिसीसम्बन्धी सम्झौताका केही बुँदाहरू संशोधन नगरी पारित गर्न नहुने सुझावसहितको प्रतिवेदन शुक्रबार बुझाइसकेको छ। पाटीभित्र तीव्र विवादको विषय बनेको एमसिसीबारे बसिरहेको सचिवालय बैठकले निर्णय लिने सम्भावना भने कम छ।

दुई अध्यक्षले खनाल कार्यदलको प्रतिवेदनको पूर्ण अध्ययन नगरेकाले ठोस निर्णय नलिए पनि यसबारेमा छलफल भने हुने छ। एमसिसीबारेको विवाद निरूपणका लागि माघ १५–१९ मा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले खनाल, स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल बनाएको थियो।

अध्ययन कार्यदलले २० दिनपछि शुक्रबार प्रतिवेदन बुझाएको थियो। एमसिसी संशोधनबिना पास गर्न नहुने सुझावसहित कार्यदललले प्रतिवेदन दिएको छ। कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org