ताजा समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पका आधा दर्जन गर्लफ्रेन्ड, तीन जनासँग विवाह

काठमाडौं । हालैको भारत भ्रमणमा मेलानिय ट्रम्पसँग डोनाल्ड ट्रम्पले भारतको ताज महल हेर्न गएसँगै उनको लभ स्टोरीको पनि चर्चा हुन थालेको छ।

डोनाल्ड ट्रम्पको आधा दर्जन गर्लफ्रेन्ड भएको र तीमध्ये तीन जनासँग उनले विवाह गरेका थिए।

हाल मेलनिया ट्रम्प डोनाल्ड ट्रम्पकी पत्नीका रूपमा छिन्। १९९८ मा उनीहरूको भेटघाट भएको थियो र विवाहका समयमा मेलानियको उमेर २८ वर्षा र डोनाल्ड ट्रम्पको उमेर ५२ वर्षको थियो।

ट्रम्पको पहिलो भेटमै मेलानियासँग प्यार भएको थियो।
आउनुहोस् जानौं ट्रम्पसँग सम्बन्ध भएका महिलाहरू :
इभाना ट्रम्प : यी महिलासँग ट्रम्पको विवाह १९९७ अप्रिल ७ मा भएको थियो। तर १९९१ मा मारला मेपल्ससँगको अफेयरका कारण इभाना निराश भइन्। सम्बन्ध विच्छेदपछि उनले ट्रम्पको आधा सम्पत्ति लिएर बसेकी छन्।

गाब्रियला सबातिनी : डोनाल्ड ट्रम्प इभानासँगै रहँदा १९८९ जुनमा सबातिनीसँग उनको अफेयरका बारेमा धेरै चर्चा भएको थियो। केही समयपछि यो सम्बन्ध पनि टुट्यो।

कार्ला ब्रुनी : कार्ला ब्रुनीले मिक जेगरसँग सम्बन्ध विच्छेद गरेपछि डोनाल्डसँगको अफेयरको व्यापक चर्चा भइसकेको थियो। तर यो सम्बन्ध लामो समय टिक्न सकेन।

मारला मेपल्स : यी दुईबीचको भेटघाट १९८५ मा भएको थियो, जब ट्रम्प इभानासँग वैवाहिक जीवनमै थिए। इभानासँग सम्बन्ध विच्छेद भएपछि उनले मारलासँग विवाह गरेका थिए। यो विवाह ६ वर्षसम्म रह्यो।

आजको कारोबार दैनिकले यसबारे विस्तृत जानकारी छापेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org