ताजा समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार : चिकित्सक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्का काअनुसार शनिबारबाट प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिन थालिएको छ भने सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी पनि जारी छ । ‘उहाँको भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन्’ अस्पातालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org