नारी दिवसकै दिन १० औँ तलाबाट हामफालेर महिलाले गरिन् आत्महत्या
एजेन्सि । भारतको राजस्थानस्थित भिवाडीमा आइतबार एक महिलाले आफू बस्दै आएको अपार्टमेन्टको १० औँ तलाबाट हामफालेर आत्महत्या गरेकी छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसकै दिन ३२ वर्षीया मञ्जुले आत्महत्या गरेकी हुन् । फुलबाग क्षेत्रस्थित आशियाना आँगन अपार्टमेन्टको दोस्रो तलामा परिवारसहित बस्दै आएकी उनले आफ्नी आमा, पति र दुई छोरीलाई फ्ल्याटभित्र थुनेर अपार्टमेन्टको १० औँ तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।
आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरुसँगको प्रारम्भिक सोधपुछका आधारमा छोरा नभएका कारण उनी तनावमा रहने गरे पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार किशनगढ निवासी पुष्कर गुप्तासँग ६ वर्षअघि उनको विवाह भएको थियो । आमाको एक्लो सन्तान भएका कारण मञ्जुले विवाहपछि आमालाई आफूसँगै राख्ने गरेको बताइन्छ । दुई छोरी, पति र आमाका साथ बस्दै आएकी उनी आइतबार बिहान आफ्नो फ्ल्याटको मुख्य ढोका बाहिरबाट बन्द गरिदिएर परिवारका सबै सदस्यलाई भित्रै थुनेर अपार्टमेन्टको १० औँ तला पुगेकी थिइन् । उनले १० औँ तलाबाट हामफालेर आत्महत्या गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...