ताजा समाचार

प्रधानमन्‍त्रीको स्वास्थ्यमा क्रमिक सुधार: नियमित हिँडडुल, सन्तुलित आहार

काठमाडाैँ। प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

मिर्गौला प्रत्यारोपणको पाँचौ दिन आइतबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण अस्पतालले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएको हो ।

आइतबारबाट ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

‘उहाँलाई नियमित सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको छ’, प्रा.डा. खड्गाले भने ।

सँगै प्रधानमन्त्रीकी मिर्गौला दाता भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत् प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org