ताजा समाचार

नर्भिक इन्टरनेशनल हस्पिटलले भन्यो– कोरोनाका बिरामी फेला परेका छैनन्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आजसम्म कोरोना भाइरस (कोभिड– १९) का विरामी फेला नपरेको जनाएको छ ।

आज विहानैबाट सामाजिक सञ्जालमा नर्भिक हस्पिटलमा कोरोनाका ८ जना विरामी फेला परेको भन्ने हल्ला फैलिएपछि नर्भिक हस्पिटलले अहिलेसम्म कोरोनाका बिरामी फेला नपरेको स्पष्ट पारेको हो ।

आज एक विज्ञप्ती जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलका निर्देशक राजेन्द्र बहादुर सिंहले हल्ला र भ्रामक समाचार तथा सूचनाका पछि नलाग्न आग्रह गर्दै समाजमा त्रास सिर्जना गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org