ताजा समाचार

वीरगन्जका व्यापारी रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि (रिपोर्टसहित)

काठमाडाैँ । वीरगन्जका व्यापारी शिवकुमार रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ। पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको हो।

रुंगटाका छोराले पटनाबाट फोन गरेर नतिजा ‘नेगेटिभ’ आएको भनी खबर गरेको उनका भाइ सुरेश रुंगटाले बताए। ‘खुसीको खबर छ, नतिजा नेगेटिभ आयो भन्दै खबर गरे,’ सुरेशले भने।

रुंगटालाई भारतको पटनास्थित पटना मेडिकल कलेज एन्ड हस्पिटलमा भर्ना गरिएको छ। वीरगञ्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो।

त्यसलगत्तै कतिपय सञ्चार माध्यमले वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना लागेको भनी समाचार दिएका थिए। परीक्षण रिपोर्ट नै नआउँदै दिइएको उक्त समाचारले भ्रम फैलाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org