ताजा समाचार

स्वास्थ्यमन्त्रीले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी नेपालको अवस्था बताउने भएका छन् ।

अहिले स्वास्थ्यमन्त्री, चिकित्सकलगायतको बैठक बसिरहेको र मध्याह्न १२ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने सचिवालयले जानकारी दियो ।

“अहिले मन्त्रालयमा छलफल चलिरहेको छ । पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ,” सचिवालयले भन्यो ।

सरकारले सोमबारदेखि उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ । लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ । कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले थप निर्णय गर्ने र त्यसको जानकारी पत्रकार सम्मेलनमार्फत गर्न लागेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org