एउटै प्लेनमा सँगै यात्रा गरेका भियतनामी साथीमा कोरोना देखिएपछि उनी पुगेकी थिइन् टेकु
काठमाडौं । कोरोनाको प्रभाव फैलिन थालेपछि गत बिहीवारदेखि टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा नेपाल रेडक्रसले हेल्प डेस्क सुरु गर्यो। त्यसको एक दिनपछि अस्पतालले फ्लु क्लिनिक सुरु गर्यो।
फ्लु क्लिनक सुरु गरेकै दिन एक किशोरी त्यहाँ पुगिन्। र, आफूमा देखिएको ‘सिमटम’को ब्रिफ गरिन्।
उनको ट्राभल हिस्ट्री लिएसँगै रगतको स्याम्पल अस्पतालले लिइहाल्यो। अनि अस्पतालले सुझाव दियो – अस्पतालको आइसोलेसनमा बस्नुस्। तर, उनी मानिनन्। र, सोझै घरतिर लागिन्।
ती किशोरी त्यसै अस्पताल भने पुगेकी थिइनन्। उनीसँगै विमानमा यात्रा गरेकी उनकी साथी भियतनाम पुग्दा उनी काठमाडौं उत्रिएकी थिइन्। भियतनाम पुगेकी साथीमा उनीहरु छुट्टिएको चार दिनपछि कोभिड १९ को संक्रमण रहेको देखियो। त्यो खबर पाएपछिमात्रै उनी हतारिँदै टेकु पुगेकी थिइन्।
अस्पतालकै आइसोलेसन वार्डमा बस्न रिफर गरे पनि उनी भने सेल्फ क्वारेन्टाइनमा बस्ने भन्दै घर लागिन्। ती किशोरी उनै हुन् जसमा कोभिड १९ पोजेटिभ देखिएको छ। फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै उनी काठमाडौं उत्रिएकी थिइन्। उनका साथी चाहिँ त्यही ट्रान्जिटबाट छुट्टिएर भियतनाम लागेका थिए।
आज स्वास्थ्य मन्त्रालयले ती किशोरीमा कोभिड १९ पोजेटिभ देखिएको पुष्टि गरेको छ। तर, जतिखेर उनी टेकु अस्पतालमा पुगेकी थिइन्, त्यतिखेर उनमा संक्रमणको कुनै संकेत देखिएको थिएन।
‘उहाँमा कुनै सिमटम देखिएको थिएन। र, आफैँ होम क्वारेन्टाइनमा बस्न जानुभएको थियो,’ अस्पतालमा रहेको रेडक्रसको हेल्प डेस्कका परामर्शादाता भोजराज ओझाले भने।
उनका अनुसार हेल्प डेस्कमा विदेशी नागरिक र विदेशबाट फर्केकाहरु नै धेरै आउने गरेका छन्। कोरोना संक्रमण देखिएकी किशोरीजस्तै अहिलेसम्म ६० जनाले सेल्फ क्वारेन्टानइनमा बस्ने सहमतिपत्रमा हस्ताक्षर गरेर फर्केका छन्। ट्राभल हिस्टीका आधारमा मात्र अस्पतालले उनीहरुको रगतको स्याम्पल लिँदै आएको छ।
शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका डाक्टर विनोद पाण्डेका अनुसार सामान्य रुघाखोकी र ज्वरो आउँदैमा पनि धेरै जना अस्पताल पुग्ने गरेका छन्। आवश्यकता अनुसार इमर्जन्सीमा पनि उनीहरुको उपचार गरिने उनले बताए। ‘यहाँ आएका कसैमा कोभिड १९ को लक्षण देखिएमा नमुना संकलन गरी परीक्षणका लागि पठाइन्छ र आइसोलेसनमा राखेर उपचार गरिन्छ,’ उनले भने।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...