ताजा समाचार

‘लकडाउन’मा के गर्ने, के नगर्ने, उल्लंघन गरे यस्तो कारबाही (निर्णयसहित)

काठमाडाैँ । सरकारले मंगलबार बिहान ६ बजे बाट घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्नेबाहेक अरू सवारी साधन पनि चलाउने पाइने छैन । सरकारले सुरक्षा निकायबाट प्रयोग हुनु विमानबाहेक अन्य अन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।

चैत ११ गते मंगलबार विहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लक डाउन लागू हुने विभिन्न आठ बुँदामा आदेश जारी गरेको छ ।

यसको उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले प्रदान गरेको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गर्न सक्नेछन्।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ।

सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ।

त्यस्तै काममा सरकारी अधिकारीको काममा बाधा पुर्‍याउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिबाना र ६ महिना कैद वा दुवै हुन सक्नेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org