ताजा समाचार

सीमानाकामा अलपत्र नेपालीलाई नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सीमा नाका बन्द गरेपछि पनि केही नेपाली नेपाल भारत सीमामा आइपुगेर अलपत्र परेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org