लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला
काठमाडौं । लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् ।
कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक सवारीसाधन सहजरुपमा सञ्चालनमा आएका हुन् ।
नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो ।
सोही निर्णय अनुरुप आजदेखि न्यूनतम पूर्वाधार सञ्चालनमा आएका हुन् । समितिको उक्त निर्णयले आजदेखि दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी र वितरणसँगै ग्राहकको आवागमन रोकिने छैन ।
नागरिकलाई संयमित भएर, केही दूरी कायम गरेर, भीडभाड नगरी आफ्नो स्वास्थ्य सुरक्षा ख्याल गरेर मात्रै किनमेल गर्न सरकारले सुझाव दिएको छ ।
समितिको यो निर्णयसँगै मुलुकका विभिन्न स्थानमा रोकिएका विदेशी पर्यटकलाई सडक र हवाई मार्गबाट उद्धार गरेर काठमाडौं ल्याइनेछ ।
यस्तै केही श्रमिक उद्योग एवं कारखाना बन्द भएपछि मुलुकभित्रै अप्ठेरोमा परेका श्रमिकलाई सुरक्षित ढङ्गबाट गन्तव्यसम्म पुर्याउन पनि निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
‘कहीँकतै खाद्य सामग्रीका ढुवानीका साधन रोकिएका रहेछन्, सामान्य किनमेल गर्न जाँदा कोही रोकिएका रहेछन्, अथवा कहीँ भन्सार विन्दुदेखि बजार विन्दुसम्म अवरोध भएको रहेछ भने त्यसलाई सहजीकरण गर्ने निर्णय भएको छ,’ मन्त्री खतिवडाले भने ।
निर्माणसम्बन्धी कार्यहरुमा कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुलाई आ–आफ्नो गृह जिल्लासम्म पुर्याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई समितिले निर्देशन दिएको छ ।
समितिले विदेशमा अध्ययनका लागि गएका र बेखर्ची अवस्थाका विद्यार्थीलाई बाबुआमाले उनीहरुलाई खर्च पठाउन चाहेमा विदेशी मद्रा सटहीको व्यवस्था गर्न सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...