ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन कम्तीमा एकसाता लम्ब्याउने सरकारको तयारी

काठमाडाैँ । मन्त्रिपरिषदको बैठक आज (आइतबार) बस्दै छ। बैठकले कोरोना भाइरसको महामारीबारे विशेष निर्णय गर्ने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित बैठकअन्तर्गत आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

‘अहिले मुलुकमा कोरोना भाइरस महामारीले जनजीवनमा जुन प्रभाव पारिरहेको छ, त्यस विषयमा मन्त्रिपरिषद्मा छलफल हुनेछ,’ प्रेस सल्लाहकार थापाले आइतबार बिहान नेपालखबरसँग भने, ‘साथै लकडाउनलगायत विषयमा पनि छलफल गर्ने तयारी छ।’

आजको बैठकले लकडाउन लम्ब्याउने तयारी पनि गरेको स्रोतले दाबी गरेको छ।

तर प्रधानमन्त्रीका सल्लाहकार थापाले भने लकडाउनबारे निर्णय गर्ने अधिकार उच्चस्तरीय समन्वय समितिलाई नै भएको बताए।

यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुपरेकाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिले  लकडाउनलगायत विषयमा निर्णय गर्ने गरेको छ।

आज बस्ने मन्त्रिपरिषद बैठकले उक्त समितिले गरेका कामको समीक्षा र थप तयारीका विषयमा निर्णय गर्ने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org