ताजा समाचार

कोरोनाले अमेरिकामा ३ हजार बढीको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या तीन हजारभन्दा माथि पुगेको छ ।

जोन्स हाप्किन्स युनिभर्सिटीको नयाँ तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म तीन हजार आठ जनाको मृत्यु भएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

जसमध्ये सबैभन्दा बढी न्यूयोर्कमा नौ सय १४ मृत्यु भएको बीबीसीले जनाएको छ । न्यूयोर्क सिटीपछि न्यूजर्सी अमेरिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म एक सय ९८ जनाको मृत्यु भइसकको छ ।

बीबीसीका अनुसार अमेरकामा अहिले विश्वमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मानिसहरु छन् । अमेरिकामा एक लाख ६३ हजारभन्दा बढी संक्रमणको चपेटमा परेका छन् ।

अमेरिकी सरकारमा संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसबाट एकदेखि दुई लाख मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org