ताजा समाचार

कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न निजी अस्पताललाई सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ।

सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो। सर्वोच्चले निजी अस्पतालले कोरोनाका बिरामीको उपचारबाट पन्छिन नपाउने गरी अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो।  ‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मका बेड, आइसीयू, भेन्टिलेटरसहित  कोरोना भाइरसका बिरामीको उपचार चाहिने आवश्यक व्यवस्था मिलाउनू।’ सर्वोच्चले संसदको हिउँदे अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत आवश्यक नीतिगत तथा कानुनी व्यवस्था मिलाउने मागमा भने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

रिट निवेदक पौडेलका अनुसार यसबारेमा छलफल गर्न दुवै पक्षलाई चैत २३ गते डाकिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org