ताजा समाचार

रसुवागढी र तातोपानी नाका खोलिँदै, कोरोना नियन्त्रण नगरी नखोल्न दबाब

काठमाडौँ । चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको निर्णयमा जनप्रतिनिधिले आपत्ति जनाएका छन्।

तातोपानी नाका खुलाउन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले अन्तराष्ट्रियस्तरको ‘हेल्प डेक्स’ राख्ने तयारी गरिरहेको छ। तर, रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष दावा डिण्डुप तामाङले जिल्ला प्रशासन कार्यालय, रसुवालाई पत्र काट्दै आपत्ति जनाएका हुन्।  नाका खोल्दा विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन सक्ने भन्दै उनले आपत्ति जनाएका हुन्।

सामान आयात-निर्यातका लागि चिनतर्फका रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय बैठकले निर्णय गरेको थियो।  आपत्ति किन? वडाध्यक्ष तामाङले प्रशासनलाई लेखेको पत्रमा भनिएको छ, ‘मित्र राष्ट्र चीनको वुहान शहरबाट सुरुवात भएको कोरोना भाइरस विश्‍वभर जोखिम बनेको छ।

नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा रसुवागढी नाका सञ्चालनमा ल्याउनु भनेको अर्को खतरा निम्त्याउनु हो।’ ‘एकतिर सरकारले जोखिम रोक्न लकडाउन गरिराखेको छ। तर, यसबीचमा अन्तराष्टिय नाका सञ्चालनमा ल्याउने निर्णयले जनताल् शान्तिसँग बाँच्‍न पाउने अधिकार हनन भइ आम मानसिक तनाव तथा आतंक पार्ने काम भएकाले भाइरसको रोकथामतिर भन्दा संक्रमण फैलाउनेतिर अग्रसर भएको महसुश भएको छ,’ पत्रमा लेखिएको छ।

‘कोरोनाको रोकथाम नभएसम्म नाका सञ्चालनको लागि वडाले सहमति जनाउन सक्दैन’ वडाध्यक्षद्वारा लिखित पत्रमा भनिएको छ, ‘संक्रमणको अन्त्य नभएसम्म नाका र वडा क्षेत्रमा आवत जावत नगर्ने समेत आग्रह गर्दछौँ।’ सञ्चालनको तयारी यता, चीनसँग नाका जोडिएको प्रमुख व्यापारिक तातोपानी नाका भने सञ्चालनको तयारी गरिएको छ। नाका सञ्चालनका लागि भोटेकोशी गाउँपालिकामा अन्तराष्ट्रिय मापदण्डको ‘हेल्प डेस्क’ राखेर सञ्चालनमा ल्याउने तयारी भइराखेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

‘जनप्रतिनिधिहरुको बैठकले डब्लु एचओको मापदण्डअनुरूप ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय भएको छ’, पौडेलले भने, ‘गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने छ। संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने व्यवस्था मिलाइने छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org