कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, चीनमा संक्रमण शून्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु भएको छ ।
हिजो (मंगलबार) बिहान ७ बजे कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ थियो आज सोही समयमा यो संख्या बढेर ४२ हजार ११४ पुगेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा देखिसकेको छ । यसमध्ये ४२ हजार ११४ जनाको ज्यान जाँदा १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।
अहिले ६ लाख ३८ हजार ४४ मा यो भाइरसबाट संक्रसमित छन् । यसमध्ये ६ लाख ५ हजार ७४७ को अवस्था सामान्य छ भने ३२ हजार २९७ को अवस्था गम्भीर छ ।
कारोनाको संक्रमण सुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ८३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो एक दिनमा ७४८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ४६४ पुगेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ३ हजार ८६८ पुगेको छ ।
पछिल्लो एक दिनमा अमेरिकामा सबैभन्दा धेरै २३ हजार ९४१ कोरोना संक्रमति भेटिएका छन् । २४ घण्टामा स्पेनमा ७ हजार ९६७ नयाँ संक्रमित फेला पर्दा इटलीमा ४ हजार ५३ कोरोना संक्रमित भेटिएका छन् ।
विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणको आशंकामा ८७ जना आइसोलेसनमा रहेका छन् ।
सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज नवौं दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...