थप एकजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
काठमाडौं । काठमाडौंमा थप एक कोरोना संक्रमित फेला परेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनी कतार एयरवेजको क्वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी प्रदेशकी महिला भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि पाँचौ कोरोना संक्रमित गत शनिबार देखिएको थियो भने पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि गरिएको थियो ।
कोरोना भाइरसको आशंकामा हालसम्म एक हजार १८४ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् ।
उनले सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा बिरामीहरु भर्ना भएका छन् ।
“हालै ४३ वटा जनाको कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाहरुमा परीक्षणको क्रममा रहेको छ,” उनले भने, “१०५ वटा आइसोलेसन बेड छुट्याएको छ जसमा काठमाडौ उपत्यकका १६ र उपत्यकका बाहिर ८९ आइसोलेसन रहेको छ ।
२४ घण्टामा दुई हजार ७ सय ५९ जनाको मन्त्रालयको दुई कल सेन्टर १११५ र ११३३ मा आएको गुनासो सम्बोधन गरेको उनले जानकारी दिए । उनले भने, “सो कल सेन्टरमा अस्पताल सीमा क्षेत्रमा रहेका नेपालीहरुको अवस्था रहेको बारेमा सोधिएको छ ।”
Comments
अरु समाचार
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरीका १६ डिआइजी र १८ एसएसपीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ एसएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुख...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
आजको राशिफल: २०८१ वैशाख २० गते बिहीवार
मेषः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।...