लकडाउन कम्तीमा चैतभरि राख्ने तयारी
काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन (बन्दाबन्दी) लाई कम्तीमा चैतसम्म लम्ब्याउने तयारी गरेको छ ।
सरकारले पहिलोपल्ट चैत ११ देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समिति बैठकले २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियो ।
बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पारे पनि चैतसम्म लकडाउन कायमै राख्ने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहन सक्ने स्रोतको भनाइ छ ।
“चिकित्सा सामग्री खरिद् गरेर परीक्षणको दायरा फराकिलो बनाउने र कन्ट्याक ट्रेसिङ (सङ्क्रमितको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण) गरेपछि मुलुकभित्र केही खुकुलो बनाउने, तर अन्तर्राष्ट्रिय सीमा बन्द नै राख्ने नीति थियो । चिकित्सा सामग्री खरिद्मा समस्या भएपछि चैतसम्म यही अवस्था कायम हुन्छ । त्यसपछि परिस्थिति हेरेर लम्बिने, नलम्बिने भन्न सकिन्छ,” स्रोतले भन्यो ।
सरकारले उपत्यका बाहिर पनि ल्याब त स्थापना गरेको छ । तर, चीनबाट खरिद् गरेर ल्याइएको किट्सको गुणस्तरीयतामै चिकित्सकले शङ्का गरेपछि परीक्षणको दायरा बढ्न सकेको छैन ।
स्वास्थ्य सेवा विभागले चिकित्सा सामग्री खरिद्को जिम्मा पाएको ओम्नी समूहसँग सम्झौता रद्द गरिसकेकाले प्रक्रियामार्फत् ल्याउन कम्तीमा दुईसाता लाग्ने बताइएको छ । सरकारले चिकित्सा सामग्री खरिद्का लागि रक्षा मन्त्रालयमार्फत् नेपाली सेनालाई दिने र त्यसको समन्वय स्वास्थ्य मन्त्रालयले गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय पनि गरिसकेको छ ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...