ताजा समाचार

चीनले भन्योः कोरोना प्रकोपका बेला स्वास्थ्य सामग्री निर्यातमा कमी गर्दैनौं

काठमाडाैँ ।  चीनले स्वास्थ्य सामग्री निर्यातमा कमी नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कोरोना भाइरस ‘कोभिड १९’ को महामारीले विश्व त्रसित बनेको समयमा चीनले आफूले विभिन्न देशमा स्वास्थ्य सामग्री निर्यात गर्ने र निर्यातमा कमी नगर्ने बताएको हो।

‘कोरोना भाइरसको प्रकोप सुरुवाती चरणमा रहँदा विभिन्न देशले गरेको सहयोग हामीले कहिल्यै बिर्सनेछैनौं।’ आइतबार चीनको विदेश व्यापार विभागका निरीक्षक जियाङ फानले भने,‘यतिबेला घरेलु प्रकोपको समस्या टरेको छ, तर विश्वभर समस्या फैलिरहेको छ। हामी विभिन्न देशहरुलाई सहयोग गर्न इच्छुक छौं।’

कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबीच चीनले हालसम्म बिभिन्न देशमा कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री निर्यात गरिसकेको छ।

हालसम्म चीनले ३ अर्ब ८६ करोड मास्क विदेश निर्यात गरेको पिपुल्स डेलीले जनाएको छ।

यस्तै चीनले ३ करोड ५२ लाख पीपीइ, २० लाख ४१ हजार इन्फ्रारेड थर्मोमिटर, १६ हजार भेन्टिलेटर, २० लाख ८४ हजार कोरोना परीक्षण किट र ८० लाख ४१ हजार विशेष चिकित्सकीय चश्मा विभिन्न देशमा निर्यात गरेको छ।

कोरोना भाइरसविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीको अभाव भइरहेको क्रममा चीनले विभिन्न देशलाई स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org