गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं । सरकारले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नर बनेका अधिकारीलाई गभर्नर नियुक्ति गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
अर्थमन्त्री खतिवडाको संयोजकत्त्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारीसहित अहिलेका कामु गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव राजन खनाललाई सिफारिस गरेको थियो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारी यसअघि पनि गभर्नर सिफारिसमा परेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषदले चिरञ्जीवी नेपाललाई गभर्नर बनाएको थियो ।
दोस्रोपटकको सिफारिसमै अधिकारी गभर्नर बन्न सफल भएका हुन् ।
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो...
-
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...