ताजा समाचार

प्रधानमन्त्री ओलीले भोलि ११ बजे देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।

“सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो । सम्भवतः भोलि ११ बजे सम्बोधन गर्नुहुन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा निर्णय गर्नुपरेन, बैठकलाई अवगत मात्रै गराए पुगिहाल्यो” ती मन्त्रीले भने ।

कोरोना सङ्क्रमणले चौतर्फ असर पुर्‍याइरहेका वेला प्रधानमन्त्रीको सम्बोधन अपेक्षित थियो । लकडाउन यता मौन रहेको भन्दै प्रधानमन्त्रीले आलोचना बेहोरिरहेका थिए ।

सरकारले तेस्रो चरणको बन्दाबन्दीको घोषणा गरेको छ । बन्दाबन्दीको प्रत्यक्ष असर पु¥याएकाहरूलाई सरकारले राहतको प्याकेजको पनि घोषणा गरेको छ । कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले सरकारको तयारीको बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बुझिएको छ । त्यसबाहेक सरकारले थप राहतका कार्यक्रम ल्याउन सक्ने पनि स्रोतले जानकारी दियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org