ताजा समाचार

कोरोना परीक्षणको दायरा बढाइयो, एकैदिन ८ सय बढीको परीक्षण

काठमाडौं । सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर मेसिन र र्‍यापिट टेष्ट किट गरी दुवै तरिकाबाट नमुना परीक्षणको दायरा बढाउदै लगिएको जनाएको छ। मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको जानकारी दिएका छन्।

उनले पछिल्लो २४ घण्टामा ८९७ जनाको नमुना परीक्षण थप भएको बताए । तीमध्ये राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३९२ र काठमाडौंबाहिर ७४२ वटा गरिएको छ। उनका अनु्सार गत २४ घण्टामा काठमाडौंमा ६ सय ९ जना र बाहिर २८८ वटा नमुना परीक्षण गरिएको छ।

उनले भने, योसँगै नमुना परीक्षण प्रतिदिन ७–८ सयभन्दा बढीको दरले भइरहेको छ, त्यहीअनुसार नमुना संकलन भइरहेको छ र हामीले त्यहीअुनसार परीक्षणको दायरी पनि बढाइरहेका छौं।  आज देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै आइसोलेसनमा कुल ८२ जना रहेका छन्। तीमध्ये काठमाडौंमा १५ जना र काठमाडौंबाहिर ६७ जना रहेको मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org