ताजा समाचार

नेपालमा कोरोनाका थप दुईजना संक्रमित फेला

काठमाडौं । नेपालमा कोरोनाका थप दुईजना संक्रमित फेला परेका छन् । यीसँगै कोरोनाका संक्रमित नेपालमा १४ जना पुगेका छन् ।

यसअघि वीरगन्जमा रहेका ३ जनामा कोरोना देखिएको थियो भने आज भएको परीक्षणमा कैलाली लम्कीकी ६५ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
दुवैजना क्वारेन्टाइनमा बसेका थिए ।

रौतहटमा भेटिएका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई नारायणी अस्पतालमा लगिएको प्रवक्ता देवकोटाले जानकारी गराए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org