भारतबाट लकडाउनकै बेला आएका थिए रौतहटका संक्रमित
काठमाडाैँ । सोमबार कोरोना संक्रमण पुष्टि भएका रौतहटका युवा लकडाउन अवधिमै भारतबाट नेपाल आएकाे खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा रौतहटका ती १९ वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
रौतहटको ईशनाथ नगरपालिका वडानम्बर ५ को क्वारेन्टाइनमा राखिएका ती युवा चैत्र १६ गते गाँउ आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत शशि मोहन दासले बताए।
नेपालमा सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन लागु गरेको हो।
‘उनी दिल्लीबाट आएका हुन्। खुला बर्डर छ। भित्रीबाटो हुँदै आए होला,’ दासले नेपालखबरसँग भने, ‘१६ गते साँझ उनी आएर परिवारसँग बसेको गाउलेले प्रहरीलाई खबर गरेपछि अर्कोदिन बिहानै उनलाई क्वारेन्टाइनमा राखिएको हो।’
तीन दिनअघि क्वारेन्टाइनमा बसेकाहरुको जनकपुरबाट आएको स्वास्थ्य टोलीले स्वाव निकालेर लगेको थियो। त्यसको आज आएको रिपोर्टमा उनी पोजिटिभ देखिएका हुन्।
उनलाई जनकपुर वा वीरगञ्जमध्ये कुनै एक ठाउको अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए। यद्यपी कहाँ लैजाने छलफल जारी रहेपनि टुंग्गो लागेको छैन।
१६ गते साँझ उनले परिवारसँग बिताएका थिए। परिवारका ४ जनालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी प्रशासनले गरेको छ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...