ताजा समाचार

काठमाडौंका तीन जनामा कोरोना र्‍यापिड टेस्ट पोजिटिभ

काठमाडौं ।बेलायतबाट फर्केर काठमाडौंमा बसेका  तीन जनामा कोरोना संक्रमणको र्‍यापिड टेस्ट पोजिटिभ देखिएको छ।

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्‍ने तीन जनामा र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि कोरोना परीक्षणका लागि पठाइएको छ।

पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष श्रेष्ठका अनुसार उनीहरु तीन जनाकै र्‍यापिड टेस्ट पोजिटिभ देखिएको बताए। डा.श्रेष्ठले भने, ‘र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि तीन जनालाई नै कोरोना परीक्षणका लागि सोमबार साँझ पठाइएको छ। कोरोना परिक्षण रिपोर्ट आउन केही समय लाग्‍ने छ।’

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइले  उनीहरु तीनजना नै पाटन अस्पतालमा भर्ना भएको पुष्टि गरे ।एकै परिवारका उनीहरु ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।

प्रहरीका अनुसार अपार्टमेन्टमा बस्‍ने तीन जनालाई र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको छ। अपार्टमेन्टलाई प्रहरी घेरामा राखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org