६३ जिल्लामा र्यापिङ डाइग्नोस्टिक टेस्ट सुरु
काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचानका लागि बुधबारसम्म ६३ जिल्लामा र्यापिङ डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ ।
अब १४ जिल्लामा पनि केहीदिनभित्रै आरडीटी विधिबाट परीक्षण सुरु गर्नेगरी काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार र्यापिड टेस्ट हालसम्म ८ हजार ९२९ जनामा सम्पन्न भइसकेको छ भने पीसीआर विधिबाट ६ हजार ८७१ जनाको परीक्षण भएको छ । दुबै गरेर हालसम्म १५ हजार ८०० जनामा कोरोना परीक्षण सम्पन्न गरिसकिएको देवकोटाले जानकारी दिए ।
उनका अनुसार र्यापिड टेस्ट सुरु हुन अब प्रदेश नम्बर १ को ७ जिल्ला प्रदेश २ को ३ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला, प्रदेश ५ को १ जिल्ला र कणाली प्रदेशको २ जिल्ला बाँकी रहेका छन् । बागमती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा यो सेवा पुगिसकेको छ ।
उनले आरडीटीमा कतिपय किटमा पोजेटिभ रिपोर्ट देखिएको भएपनि त्यसलाई पीसीआर विधिबाट परीक्षण गरेर एकिन गरिसकिएपछि मात्रै रिपोर्ट सार्वजनिक गर्ने गरिएको बताए ।
कतिपयले आरडीटी विधिबाट गरिने परीक्षणबारे प्रश्न उठाइरहेको बेला उनले यसबारे थप बोलेनन् । उनले भने, ‘आरडीटीबाट परीक्षण गर्दा विभिन्न किट पोजेटिभ भएका छन् । भएकालाई थप पीसीआरबाट परीक्षण गरिसकेपछि मात्र नतिजा प्रकाशित गर्ने गरिएको छ ।’
हालैका दिनमा आरडीटीमा पोजेटिभ भएका पीसीआरमा नेगेटिभ देखिएका छन् भने आरडीटीमा नेगेटिभ आएकाको पीसीआरमा पोजेटिभ रिपोर्ट आएको छ ।
राजधानीको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामध्ये एक जनाको रिपोर्ट समेत नेगेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
गत चैत पाँच गते बेलायतबाट आएका आमा, छोरा र बुहारीमा तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
जसमध्ये, प्रयोगशालामा गरिएको परीक्षणबाट आमा र छोरालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने बुहारीमा भाइरसको संक्रमण नदेखिएको हो ।
ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए ।
यस्तै डा देवकोटाले हालसम्म १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै संक्रमितको परिचय नखुलाउन पनि सञ्चारमाध्यमलाई सचेत गराएका छन् ।
हालसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ११७ जना रहेका छन् । आइसोलेशनमा रहेकामा काठमाडौंमा ११ र काठमाडौं बाहिर १०६ जना रहेका छन् ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...