ताजा समाचार

चीनबाट औषधि र उपकरण लिएर बिहानै काठमाडौं आइपुगे दुई वाइडबडी

काठमाडाैँ । कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्।

चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

ती जहाजमा कोरोना संक्रमण आशंका गरिएका र पुष्टि भएका व्यक्तिकाे परीक्षण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री छन्।

नेपालका निजी क्षेत्र फ्लास फ्रेट र सांग्रिला फ्रेटले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।

यी जहाज बिहीबार साँझ चीनका लागि उडेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org