ताजा समाचार

सचिवालय बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडाैँ । नेकपा सचिवालयको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री ओलीले अप्रत्यासित रुपमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेपछि त्यसबारे छलफल गर्न बैठक डाकिएको थियो।

बैठकमा सबै नेताले आआफ्नो भनाइ राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने गरी मन्त्रिपरिषदले सिफारिस गरेको थियो।

अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ नै लालमोहर लगाइसकेकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org