ताजा समाचार

बालुवाटारमा नेकपा सांसदहरूलाई ओली-प्रचण्डको संयुक्त ब्रिफिङ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन्।

दुई अध्यक्षले प्रदेश-प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गरिरहेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको छ भने प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको छ।

ओली-प्रचण्डको बिफ्रिङ दिनभरि चल्नेछ।

दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org