ताजा समाचार

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराध मुद्दा चलाइने

काठमाडौं । प्रधानमन्त्री लगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने भएको छ ।

साइबर ब्युरोले आजै जिल्ला अदालतमा उनलाई उपस्थित गराएर म्याद थप माग गर्ने तयारी गरेको छ ।

गएराति उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको थियो । एक प्रहरी अधिकारीका अनुसार उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप छ ।

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराध मुद्दा चलाइनेसाइबर ब्युरोका एसएसपी नवीन्द्र अर्यालले उपाध्यायविरुद्ध विभिन्न ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिएको बताए ।

उनले भने,“उहाँविरुद्ध उजुरी नै आएपछि प्रक्रिया पूरा गरेरै पक्राउ गरेका हौँ । सामाजिक सञ्जालमा उहाँले लेखेको कुराले साइबर अपराध आकर्षित हुने देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org