ताजा समाचार

ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले पक्राउ गर्नुको आधार र कारणसहित बन्दी शाहीलाई उपस्थित गराउन आदेश दिएको हो। शाहीलाई ललितपुर प्रहरीले लकडाउन उल्लङ्घन गर्दै भीड जम्मा गरेर बसेको अभियोगमा वैशा९ गते पक्राउ गरेको थियो। शाहीलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org