ताजा समाचार

कोरोनासंगको लडाई जितेर काममा फर्किँदै बेलायती प्रधानमन्त्री जोन्सन

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबार काममा फर्किने भएका छन् ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् ।

भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा उनको स्वास्थ्यमा खराबी देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले सोमबारलेखि प्रधानमन्त्री आफ्नो काममा फर्किने जानकारी दिएका हुन् । जोन्सनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आएका थिए । उनी काममा फर्किए पनि सोमबार हुने प्रेस बि्रफिङमा उपस्थित हुने वा नहुने भन्नेबारे खुलाइएको छैन ।

बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ भने एक लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org