ताजा समाचार

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए । उनका अनुसार, धरौटी बुझाएर उपाध्याय रिहा भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org