ताजा समाचार

भोली सचिवालय बैठक, त्यसपछि स्थायी समिति बैठक राख्न ओली र नेपाल पक्षबीच सहमति

काठमाडाैँ । नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको छ।

नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भएको वार्तामा सो सहमति भएको हो।

‘भोली सचिवालय बैठक राख्ने र त्यसले स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको छ,’ नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले बताए, ‘पार्टी कमिटिका बैठक राखेर सबैकुरा त्यहाँबाटै निकास दिनुपर्ने कुरा भएको छ।’

सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org