ताजा समाचार

नेकपा सचिवालय बैठक बस्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ ।

सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको हो ।

खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उनले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।

केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का प्रचण्डबीच बढेको मतभेद दुई पक्षका रूपमा चर्किएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org