‘चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन’
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङ चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर अनुसन्धान गरिरहेको ट्रम्पले दावी गरेका छन्।
‘हामी चीनसँग खुशी छैनौं, कोरोनालाई चीनमै रोक्न सकिन्थ्यो, जहाँबाट यो फैलन शुरु भएको थियो,’ ट्रम्पले भने, ‘तुरुन्तै रोक्न सक्ने अवस्था थियो, चीनले यसो गरेको भए यो पुरै विश्वमा फैलन पाउँदैनथ्यो।’ पहिलोपटक उहानमा कोरोना संक्रमण देखिएपछि ट्रम्पले चीनमाथि लगातार भड्काउ टिप्पणी र आलोचना गरिरहेका छन्।
कोरोनालाई चिनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले आफ्नै देशमा मानवीय हताहति भइरहँदा पनि सुरक्षाका लागि पहल गरेका थिएनन्। तर यतिखेर आएर ट्रम्पले महामारी नियन्त्रण गर्न पहिले नै आफुले अमेरिकाको सिमाना चीनका लागि बन्द गरिदिएको बताएका छन्।
विशेषज्ञहरुले चाहिँ अमेरिकासँग महामारी नियन्त्रणका लागि पर्याप्त समय भएपनि ट्रम्प प्रशासनले नियन्त्रण गर्ने अवसर गुमाएको बताइरहेका छन्। कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म १० लाख भन्दा बढी संक्रमित भेटिएका छन्। ती मध्ये ५६,८०३ जनाको ज्यान गएको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...