ताजा समाचार

ओलीले प्रचण्डलाई बालुवाटार बोलाए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

पार्टीभित्र अन्तरद्वन्द्व चर्किरहेको बेला ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका हुन् ।  प्रधानमन्त्रीको सचिवालय निकट स्रोतका अनुसार बालुवाटारमा प्रचण्डलाई छलफलका लागि बोलाइएको र केहीबेरमै छलफल सुरु हुनेछ ।

पार्टीभित्रको विवाद, सचिवालय बैठक, स्थायी समिति बैठकलगायतका विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।

पार्टीभित्र छलफलनै नगरी ओलीले दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्र तीव्र अन्तरविरोध देखिएको छ । ओली इतरका नेताहरुको चर्को विरोधपछि सो अध्यादेश फिर्ता भएपनि विवाद भने कायमै छ ।

इतर पक्षले प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेसमेतको माग राख्दै अएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org