ताजा समाचार

एकैदिन बारा र पर्साका ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

काठमाडाैँ । प्रदेश २ मा एकै दिन चारजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

बाराका २ र पर्साका २ गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए।

उनीहरु ३१, ४३, ४६ र ५० वर्ष उमेरका पुरुष रहेको सचिव घिमिरेले जानकारी दिए।

उनीहको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो। बुधबार नै उनीहरुको रिपोर्ट आएको र चारै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले बताए।

चारैजना स्थानीय क्वारेन्टिनमा रहेको कोरोना पुष्टि हुने बितिकै उनीहरुलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगन्ज ललैजाने तयारी भइरहेको सचिव घिमिरेले नेपालखबरलाई जानकारी दिए।

यसअघि मंगलबार मात्र प्रदेश २ को रौतहटमा २ जना कोरोना संक्रमित फेला परेका थिए। यससँन्गै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ र नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।

जसमध्ये प्रदेश २ का ४ जना उपचारपश्चित घर पर्किसकेका छन् भने नेपालभर गरी १६ जना डिस्चार्ज भइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org