ताजा समाचार

बालुवाटारलाई काउन्टर : प्रचण्ड–नेपाल समूहले पनि सुरु गरे हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतसिद्ध गर्ने तयारी गरेसँगै प्रचण्ड– नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका छन् ।

“हामीले पनि हस्ताक्षरको तयारी गरेका छौं,” नाम नबताउने सर्तमा एक सांसदले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानैदेखि प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर बिहानैदेखि हस्ताक्षर गराइरहेका छन् । हस्ताक्षर अभियानले ओली बहुमतमा देखाएको कृष्ण राईले बताए । ओलीले हस्ताक्षर सुरु गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि जवाफ दिएका हुन् ।

अध्यादेश प्रकरणपछि नेकपा विवाद उत्कर्षमा छ । नेकपाले बुधबारै साँझ पाँच बजे सचिवालय बैठक आह्वान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org