स्वास्थ्य सामग्री ल्याउन सोमबार वाइडबडी चीन पठाउने सेनाको तयारी
काठमाडाैँ । नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री मंगलबारसम्म नेपाल आउने भएको छ।
चीनबाट स्वास्थ्य सामाग्री ल्याउने एजेन्ट तयार भइसकेकाले कुनै प्राविधिक समस्या नआए सोमबार सामान लिन वाइडबडी जहाज पठाउने सेनाको तयारी छ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन फ्ल्यास फ्रेट लजिस्टिक छनौट भएको सूचना चीन पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
‘शुक्रबार मे-१ चीनमा सार्वजनिक विदा, शनिबार नेपालमा विदा अनि आइतवार चीनमा विदा हुने भएकाले सोमबार मात्रै हाम्रो काम सुरू हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले भने,’भन्सार प्रक्रियाका लागि कहिलेकाहीँ ७२ घण्टासम्म समय लाग्न सक्छ। हामीले त्यसका लागि समय छोट्याउन आग्रह गरेका छौं।’
भन्सार प्रक्रियामा समय लाग्यो भने स्वास्थ्य सामग्री ल्याउन अझै १ साता लाग्न सक्छ।
वैशाख २२ गते पहिलो फ्लाइट पठाउने आफूहरूको तयारी रहेको समेत प्रवक्ता पाण्डेले बताए।
‘हामीले स्वास्थ्य सामाग्री ल्याउनका लागि २२ गते २ वटा फ्लाइट पठाउने योजना बनाएका छौ,’ उनले भने,’हामी तयार भएपछि चिनियाँ सप्लायर्सले ग्वान्जाओमा स्वास्थ्य सामाग्री पठाइदिन्छ। उसले छिटो सामान ल्याउन चार पटक फोन गरिसकेको छ। यहाँको प्रक्रिया मिलाउन परेकाले समय लागेको हो।’
ग्वान्जाओमा ल्याइसकेपछि अतिरिक्त शुल्क तिर्न पर्ने भएकाले सेनाले अहिले त्यहाँसम्म ल्याउन भनेको छैन।
चीनबाट ल्याइने सामाग्री भने तयारी अवस्थामा रहेका छन्। पहिलो चरणमा ३६ देखि ४० टनसम्म सामग्री ल्याउने र बाँकी सामग्री आवश्यकताका आधारमा स्थल र हवाइ मार्गबाट ल्याउने सेनाको तयारी छ। सेनाले पहिलो चरणमा पिपिई, एन-९५ मास्क र पिसिआरका लागि किट्सलगायतका सामग्री ल्याउन लागेको छ।
सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ। स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ।
चैत १६ गतेको मन्त्रिपरिषदको बेठकले जिटुजि प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।
Comments
अरु समाचार
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...