ओलीको पद जोगाउन नेपालले तेस्रो अध्यक्ष नलिने
काठमाडाैँ । बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो । भेटमा पनि नेता नेपालले स्पष्टसँग आफ्नो अडान राखेको ती नेताको दाबी छ ।
“पार्टीभित्रको मुख्य समस्या भनेकै ओलीमा शक्ति केन्द्रीकरण भयो । सबै शक्ति आफ्नो मुट्ठिमा लिएर उहाँले पार्टी निर्णयको पालना गर्न छाड्नुभयो ।
पार्टीलाई नसोधी, जानकारी नै नदिई अध्यादेश ल्याउने गर्न थाल्नुभयो । पार्टी भनेको मै हुँ र म नै पार्टी हुँ जस्तो गर्नुभयो । जबकि, अहिलको पार्टीभित्रको शक्ति समीकरण, सन्तुलनको अवस्था त्यो होइन,” नेपाल निकट नेताले आफ्नो समूहको बटम लाइन बाह्रखरीसँग दोहोर्याए, “अहिले हामीले झलनाथ खनाल या अरू नेताले भनेजस्तो केपी ओलीलाई दुवै पदबाट बिदा गर्नुपर्छ भनेका छैनौं । प्रधानमन्त्रीबाट उहाँको बहिर्गमन हाम्रो बटम लाइन हो । ओलीले केन्द्रीकृत गरेको शक्ति पार्टीमा फिर्ता ल्याउनुपर्छ ।”
प्रधानमन्त्रीमा आफू कायमै रहने र नेताहरूको व्यवस्थापन भयो भन्ने सन्देश प्रवाह गर्न ओलीले तेस्रो अध्यक्षको प्रस्ताव ल्याएको नेपालको बुझाइ छ ।
“आफैंले चेयर (अध्यक्षता) गरेको बैठकमा म राजीनामा दिन तयार छु भनेपछि प्रधानमन्त्रीमा निरन्तरता दिने राजनीतिक वैधता उहाँमा छैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास, प्रयोगका दृष्टिले पनि बुझिएको कुरा के हो भने केपी शर्मा ओली बर्हिगमन हुँदै प्रधानमन्त्री हो । यसर्थ भोलिको बैठकमै सबैकुरा टुङ्गो लाग्नेछ,” नेपाल निकट नेताले भन्छन् ।
वामदेवलाई प्रधानमन्त्री स्वीकार्ने पक्षमा भने गठबन्धनमा एक मत छ । नेपाल पक्ष पनि त्यसमा राजी छ ।
“वामदेव त्याग र सङ्घर्ष गरेरै यहाँसम्म आइपुग्नुभएको नेता हो । उहाँलाई प्रधानमन्त्री स्वीकार्ने सबालमा अरू नेताबीच विमति छैन । प्रधानमन्त्रीले असल मनसायले प्रस्ताव ल्याउनुभएको हो भने भोलिको बैठकमा थप प्रकाश पार्नु होला– कुन क्षेत्र खाली गर्ने ? कहिलेसम्म निर्वाचन गर्ने ?” नेपाल समूह भन्छ, “मूर्त प्रस्ताव आयो भने हामीलाई पनि वामदेवलाई प्रधानमन्त्री स्वीकार्न कुनै कठिनाइ छैन ।”
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...