ताजा समाचार

प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, २५ गते स्थायी समिति बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।

त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए ।

सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org